उद्यमशीलताका लागि युवा उद्यमी शिविर

IMG_0021
लाेकपाटी न्यूज
0 Shares

इटहरी, २५ भदौ । प्रदेश एकका युवाहरुलाई उद्यमशीलता र उद्यम गर्न पेरित बनाउने हेतुले एभरेष्ट पोलेसी इन्स्टिच्युटको आयोजना, समृद्धि फाउण्डेसन र ग्लोबल अन्टरपेनरसीप नेपालसँगको सहकार्यमा इटहरीमा तीन दिने उद्यमी शिविर सम्पन्न गरिएको छ ।

बिहीबारबाट सुरु भएको क्याम्पमा पूर्वका विभिन्न शहरबाट उद्यमी र उद्यम गर्न इच्छुक २४ जनाको सहभागिता थियो । युवाहरुमा उद्यमशीलताको विकास गर्न गरी नेपालमा रोजगारीको अवसर सिर्जना गराउन शिविर आयोजना गरिएको कार्यक्रम संयोजक पूजा कोइरालाले जानकारी दिइन् ।

३ दिनसम्म चलेको कार्यशालामा पहिलो दिन विकल्प एण्ड अल्टरनेटिभका डाइरेक्टर वसन्त अधिकारीले नेपाल किन गरीब छ ? उद्यमशीलता र खुल्ला बजारको बारेमा जानकारी दिएका थिए भनी नेपाल ब्रदर मसरुम एण्ड एग्रो रिसर्ज सेन्टरका सञ्चालक सरोज नेपालले आफ्नो उद्यमको संस्मरण सुनाएका थिए ।

त्यस्तै दोस्रो दिन ओनिएन फिल्म काठमाडौंका सुरथ गिरीले नेपालमा उद्यमको अवस्था र चुनौती, लक्ष्मी बैंक इटहरी शाखाका शाखा प्रमुख उज्ज्वल घिमिरेले बैंकिङ पोलेसी, इटहरी उपमहानगरपालिकाका प्रशासकीय अधिकृत सञ्जय अधिकारीले नेपाल सरकारका व्यवसायिक नीति नियम, वल्र्ड लिंक इन्टरनेट काठमाडौंका प्रशिक्षक एवं बजार व्यवस्थापक सुजन शर्माले मार्केटिङ, समृद्धि फाउन्डेशनका आउटरिच अफिसर रोशन धोज बस्नेतले व्यवसायिक भिजन सेटको बारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्