महिला सांसदको क्षेत्रमा बामदेवको नजर

Bam-Dev-Gautam
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । डोल्पाका सांसद बुढाले राजीनामा नदिने भएपछि वामदेवका लागि उपनिर्वाचन गराउने अर्को क्षेत्रको खोजी हुन थालेको छ । पूर्वी रुकुम र प्युठान विकल्प हुन सक्ने भन्दै छलफल चलेको छ । पूर्वी रुकुममा कमला रोक्का र प्युठानमा दुर्गा पौडेल सांसद छन् ।

‘मलाई राजीनामा गराएर वामदेव गौतमलाई उठाउने विषय औपचारिक रूपमा मसमक्ष आइपुगेको छैन । तर, नेताहरूबीच अनौपचारिक छलफल भइरहेको मैले पनि सुनेकी छु,’ पूर्र्वी रुकुमबाट निर्वाचित सांसद रोक्काले भनिन् ।

यस्तै, वाम गठबन्धनअन्तर्गत प्युठानबाट निर्वाचित राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललाई राजीनामा गराउने विषयमा पनि अनौपचारिक छलफल भइरहेको एक नेताले बताए ।

यसअघि वामदेवले ललितपुर १ बाट निर्वाचित नवराज सिलवाल, नवलपरासी (नवलपुर) का तिलक महत र प्युठानबाट निर्वाचित दुर्गा पौडेलमध्ये एकलाई राजीनामा गर्न लगाएर उम्मेदवार बन्ने योजना बनाएका थिए । तर, तीनैजनाले अस्वीकार गरेपछि अन्तिम विकल्पका रूपमा डोल्पा रोजेका थिए ।

यता नेता गौतमले आफूलाई कहाँबाट उम्मेदवार बनाउने भन्ने विषयमा केही दिनभित्र बस्ने सचिवालय बैठकले निर्णय गर्ने बताएका छन् । गौतम गत सङ्घीय निर्वाचनमा बर्दियाबाट पराजित भएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्