अध्यक्षका उम्मेद्वार लामा भन्छन्, ‘सर्वसम्मत हुने प्रयास गर्दैछु’

लाेकपाटी न्यूज
0 Shares

रसुवा, २७ भदौ । नेपाल निर्माण व्यवसायी संघ रसुवाको अध्यक्षका लागि युवा व्यवसायी छेसिङ लामा (तामाङ) ले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । भदौ ३० गते हुने सङ्घको अधिवेशनका लागि लामाले अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका हुन् ।

युवा व्यवसायी लामा विगत १२ वर्षदेखि निर्माण व्यवसायमा सक्रिय छन् । सि.एल. कन्ट्रक्सन प्रा.लि.को प्रोपाइटर रहेका लामाले रसुवा अस्पताल, सरकारी वकिलको कार्यालय, चिलिमे हाइड्रो पावर, सञ्जेन हाइड्रो पावर, रसुवागढी हाइड्रो पावर, २१६ हाइड्रो पावर, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान लगायतका दर्जनौं प्रोजेक्टहरुमा निर्माण कार्यको जिम्मेवारी पूरा गरेका छन् ।41671990_1851320788297794_748327772778135552_n

भदौ ३० गते हुने निर्वाचनमा आफ्नो बलियो प्रतिस्पर्धी नभएको लामा बताउँछन् । उनी भन्छन्, ‘म विगत १२ वर्षदेखि निर्माण व्यवसायमा सक्रिय छु । मैले रसुवा जिल्ला र अरु जिल्लाका पनि दर्जनौं निर्माणका कामहरु गरेको छु । मेरो काममा अहिलेसम्म कसैको गुनासो आएको छैन, यो नै मेरो जीतको पहिलो आधार हो ।’

‘भूकम्पपछि मैले धेरै भौतिक संरचना निर्माण गरें, मैले आफ्नो व्यवसायलाई नाफाका रुपमा मात्रै लिएको छैन’ लामा भन्छन्, ‘देशलाई सङ्कट पर्दा मैले पनि केही सहयोग वा लगानी गर्नुपर्छ भनेर पनि काम गरें । म अध्यक्षमा निर्वाचित भएपछि निर्माण व्यवसायलाई मर्यादित बनाउँछु, तोकिएको काम समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्न प्रेरित गर्छु, निर्माण व्यवसायी नाफाका लागि मात्र होइन, राष्ट्र निर्माणका लागि पनि क्रियाशील छन् भन्ने मान्यता स्थापित गराउँछु ।’

तपाईं अध्यक्षमा विजयी हुने आधार के छन् ? त्यसको जवाफमा लामा भन्छन्, ‘म बामपन्थी र लोकतान्त्रिक दुवैको साझा उम्मेदवारजस्तै छु, अन्य तटस्थ व्यवसायीहरु पनि मेरो पक्षमा हुनुहुन्छ । सबैसँग मेरो राम्रो सम्बन्ध छ’ लामा थप्छन्, ‘मैले बोलेर होइन, काम गरेर देखाउनुपर्छ भन्ने मान्यता राख्छु, निर्माण व्यवसायीको हितका लागि म जसरी क्रियाशील छु, त्यो नै मेरो जित्ने आधार हो । खासमा जिल्लामा मेरो बलियो प्रतिस्पर्धी नै छैन । म जिल्लामा सर्वसम्मत अध्यक्ष बन्ने प्रयासमा छु, त्यो सम्भावना अझै टरेको छैन ।’

‘३२ वर्षको भएँ, मैले युवाहरुलाई विदेश पलायन होइन, देशमै केही गर्न सकिन्छ भन्ने मान्यता स्थापित गराउँछु, लामाले भन्छन्, ‘देशमै व्यवसायिक वातावरण बनाउन राज्यसँग पहल गर्छु । साना र मझौला व्यवसायीहरुको हितलाई केन्द्रमा राखेर काम गर्छु, मेरो उम्मेद्वारी त्यसैका लागि हो ।’

‘मैले समयमै काम सकेको छु । गरेका काम गुणस्तरीय छन्’, लामा भन्छन्, ‘म इमान्दारितामा विश्वास गर्छु, काममा विश्वास गर्छु, जिल्ला, प्रदेश र केन्द्रका निर्माण व्यवसायीहरु र सङ्घसँग मेरो राम्रो सम्बन्ध छ । मैले जिल्ला, प्रदेश र केन्द्रबीच बलियो पुलको काम गर्न सक्छु । युवा व्यवसायीहरुको अभिभावक बन्न सक्छु, म प्रष्ट बोल्छु र बोलेको कुरा पूरा गरेर छोड्छु । त्यसकारण मैले अध्यक्षमा जित्छु भन्नेमा ढुक्क छु ।’

लामालाई जिल्लाका अधिकांश व्यवसायीले रुचाएका छन् । कम बोल्ने, बोलेको कुरा पूरा गर्ने, काम समयमै सक्ने, गुणस्तरीय काम गर्ने, युवाहरुलाई व्यवसायमा प्रेरित सबै गर्ने, परेको ठाउँमा व्यवसायीहरुको हितको पक्षमा उभिने कारण उनी जिल्लामा लोकप्रिय छन् । लोकप्रिय भएकाले निर्माण व्यवसायी सङ्घ रसुवाको अध्यक्षमा लामाले सहजै जित्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्