पर्यटन प्रर्वद्धनका लागि टाउन प्लानिङ मेला

2[1]
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । कृषि, पर्यटन तथा स्थानीय स्तरमा उत्पादन भएका सामानहरुको बजारीकरण गर्ने उदेश्यले बौद्ध टाउन प्लानिङ मिनि महोत्सव–२०७५ बौद्धको नयाँ बस्तीमा सञ्चालन भईरहेको छ । सो मिनि पर्यटन तथा व्यापार मेला–२०७५ काठमाडौको बौद्धमा आगामी भदौ २७ गते हुने असोज १३ गतेसम्म सञ्चालनसम्म जारी रहने आयोजकले जनाएको छ ।

सो नेपाल मेला महोत्सव संघले विभिन्न स्थानमा गरेको मेलाबाट संकलन भएको रकमबाट केही प्रतिशत भलाई कोष स्थापना गरेर गरिव जेहेन्दार विद्यार्थीहरुलाई अध्ययन गर्नकालागि खर्च गरिने गरी स्थापना गर्ने कार्यको अन्तिम चरणमा पुगेको समेत सो कार्यक्रममा जानकारी गराइएको छ ।

नेपाल व्यवसायी तथा घरपती महासंघको आयोजनामा सो मेला सञ्चालन भएको हो । जसमा संरक्षक नेपाल राष्ट्रिय तामाङ घेदुङ, सञ्चालक तथा व्यवस्थापक नेपाल मेला महोत्सव संघ र सहयोगी टुसाल युवा क्लब बौद्ध र ह्युल्सा महिला समुह बौद्धको संलग्नतामा सो मेलाको आयोजना गरिएको हो ।

सो मेलाबाट स्थानीय उत्पादन र बजारीकरण गरेर आर्थिक विकासमा टेवा पु-याउने र स्थानीय साँस्कृतिक पहिचानको जर्गेना गर्ने मुख्य उदेश्य रहेको आयोजकको दावी छ । साथै राष्ट्रिय तथा स्थानीय कलाकाहरुको पहिचान, कला, संस्कृतिको प्रवद्र्धन गर्दैै विद्यालय स्तरीय नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको छ ।

मेलाको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनलाई भित्राउने र प्रचार प्रसार गर्ने गराउने मुख्य उदेश्य रहेको समेत जनाइएको छ । मेलाबाट स्थानीय स्तरमा भएका विकासका सम्भावनाको उजागर गरी लगानी भित्राउने उद्देश्य समेत रहेको जनाइएको छ । साथै स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषिमा भएका सामाग्रीको समेत सो मेलामा बिक्रीका लागि राखिएको छ ।

पर्यटन, साँस्कृतिक र अन्य क्षेत्रमा रहेको सम्भावनाको प्रचारप्रसार गरी लगानीकर्तालाई आकर्षीत गराउने उद्देश्य रहेको मेला संयोजक ताम्राकारले बताएका छन् । सो मेलामा स्थानीय उत्पादन, कृषि, लोकदोहोरी गीतका साथै चर्चित कलाकारहरूबाट गीत तथा नृत्य प्रस्तुत भई रहेका छन् ।

सो मेलामा विभिन्न वस्तुहरुको बिक्रीका लागि ४० वटा स्टलसमेत रहेका छन् । भने मेलामा विभिन्न प्रकारका मनोरञ्जन खेलहरु समेत खेल्ने व्यवस्था आयोजकले मिलाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्