बलिउड अभिनेता गोविन्दा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

लाेकपाटी न्यूज
0 Shares

भारतीय अभिनेता गोविन्दाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । एलजी सिने सर्कल अवार्डमा सहभागी हुन छोरी टिना आहुजासहित नेपाल आएका अभिनेता गोविन्दाले सोमबार बिहान प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

शनिबार नेपाल आएका गोविन्दाले आइतबार पशुपतिनाथमा १ लाख ५६ हजारको विशेष पूजा गरेका थिए । त्यसपछि गोविन्दा सिने सर्कल अवार्डमा सहभागी भए । गोविन्दाले सोमबार बिहान ९ बजेतिर प्रधानमन्त्रीलाई भेटेका हुन्  ।

प्रधानमन्त्रीसँगको भेटमा गोविन्दाकी छोरी टिना पनि गएकी थिइन् । यस्तै निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, व्यवसायी निर्वाण चौधरीसहितका पनि सहभागी थिए

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्