ढल्की ढल्की नाचन भन्दै आए आयुस्मान र प्रियंका (भिडियो)

https://lokpati.com/wp-content/uploads/2018/09/Changa-chait-e1537188943821.jpg
लाेकपाटी न्यूज
0 Shares

कार्तिक १६ गते रिलिज हुने फिल्म चङ्गा चेटले आफ्नो दोस्रो गीत रिलिज गरेको छ ।यसअघि गोजीमा दाम छैनु बोलको लोक शैलीको गीत रिलिज गरेको फिल्मले डान्सिङ नम्बर ‘ढल्की ढल्की नाच’बोलको गीत रिलिज गरेको हो ।

गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संन्दीप क्षेत्री, परमिता आरएल राणा, रविन्द्र झा, सुरक्षा पन्तलाई फिचर्ड गरिएको छ ।

राजेन्द्र भट्ट ९मिस्टर आजे०को संगीत रहेको गीमो शब्द हरिहर तिमिल्सेनाले लेखेका हुन् भने सार्वजनिक गीतमा अल्मोडा राना उप्रेती स्वर तथा मिस्टर आरजेले र्याप गाएका छन् ।

निर्माता माधव वाग्लेका अनुसार आफुले सिनेमा निर्माणमा निकै मेहनत गरेकोले सिनेमाले राम्रो व्यापार गर्नेमा ढुक्क रहेको बताए ।

दिपेन्द्र के खनाल फिल्मका निर्देशक हुन् । माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर निर्माण गरेको सिनेमाका गीतमा प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।

‘चङ्गा चेट’मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संन्दीप क्षेत्री, परमिता आरएल राणा, रविन्द्र झा, सुरक्षा पन्तका अलवा शिशिर वाङ्देल, अपर्ण थापा, माओत्से गुरुङ, सरिता गिरी, पुष्कर गुरुङ लगायतका
कलाकारको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्