चिन र अमेरिकाबीच व्यापारिक युद्ध बढ्यो

ttps://lokpati.com/wp-content/uploads/2018/09/America-and-china-war.jpg
लाेकपाटी न्यूज
0 Shares

अमेरिकाद्वारा चिनियाँ वस्तुमाथि अहिलेसम्म कै धेरै अतिरिक्त कर लगाएको छ । यसबाट दुई राष्ट्रबीच व्यापारिक युद्ध तीब्र हुने अनुमान गरिएको छ । अमेरिकी करबाट चीनलार्ई २ सय अर्ब डलरको भार थप हुने बताइएको छ ।

चीनले निर्यात गर्ने रेकर्डिङ डिभाइस, लग्गेज ब्याग, ह्यान्ड ब्याग, टायर, भ्याकुम किल्नर, चामल, टेक्सटाइल लगायत ६ हजार सामाग्रीहरुमा नयाँ अतिरिक्त कर लागू हुनेछ । सेप्टेम्बर २४ बाट लागू हुने नयाँ कर १० देखि २५ प्रतिशतसम्म बढाइएको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको गलत व्यापारिक अभ्यास विरुद्ध नयाँ कर लगाइएको तर्क गर्दै आएका छन्। ह्वाइट हाउसले चीनले आफ्नो बौद्धिक सम्पति चोरेको र अमेरिकी कम्पनीहरुलाई उनीहरुको प्रविधि साझा गर्न दबाब दिइरहेको आरोप लगाउँदै आएको छ। कर लगाए पछि चीनको व्यवहारमा परिवर्तन आउने अमेरिकी विश्वास रहेको छ ।

२०० अर्ब कर लगाएका ट्रम्पले चीनको व्यवहारमा कुनै परिवर्तन नभए थप २ सय ६७ अर्ब डलरको नयाँ अतिरिक्त कर लगाउन आफू तयार रहेको बताइसकेका छन् ।

ट्रम्पको यस नीतिले चीनका साथै अमेरिकी कम्पनीहरुलाई समेत धेरै घाटा हुने बताइएको छ । एप्पल, डेल लगायतका कम्पनीहरुले ट्रम्पको यस नीतिको अलोचना गर्दै आएका छन् ।

एप्पलले चीनमा उत्पादन गर्दै आएका आफ्ना उतपादनहरु अमेरिकी बजारमा महँगो हुने बताइसकेको छ। ट्रम्पले भने करबाट छुट पाउन एप्पलले अमेरिकामै आफ्ना सामाग्रीहरु उत्पादन गर्नुपर्ने बताएका छन् ।

ट्रम्पले दुई सय अर्ब बराबरको चिनियाँ सामाग्रीहरुमा कर लगाउने भएपछि एप्पलले आफ्नो एयरपोड हेडफोन, बिट हेडफोन लगायतका सामान महँगो हुने बताइसकेको छ ।

अमेरिकी निर्णयका कारण चीनले पनि अमेरिकी वस्तुमा कर लगाउने तयारी गरिरहेको छ । चीनको कदमले चीनमा रहेका अमेरिकी कम्पनीहरु धेरै प्रभावित हुने बताइएको छ ।

गत जुनमा मात्र ट्रम्पले ५० अर्ब चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्