सर्वोच्चका न्यायाधीश जोशीमाथि महाअभियोगको तयारी

https://lokpati.com/wp-content/uploads/2018/09/Deepak-raj-joshi.jpg
लाेकपाटी न्यूज
0 Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउने तयारी थालेको छ । महाभियोगका लागि नेकपाले सांसदहरुसँग हस्ताक्षर संकलन गरिरहेको छ ।

नेकपा संसदीय दलको कार्यालयमा उपस्थित सांसदहरुलाई खाली पानामा हस्ताक्षर गराइएको एक सांसदले जानकारी दिए । उनका अनुसार हस्ताक्षर अभियानको नेतृत्व नेकपाका उपनेता सुवास नेम्वाङले गरिरहेका छन् ।

यद्यपि, जोशीसँग अनौपचारिक ढंगले कुराकानी भइरहेको पनि स्रोतले बताएको छ । उनलाई राजीनामा दिन दबाब दिइएको छ । राजीनामा दिएर स्वेच्छिक रुपमा बाहिरिए महाअभियोग भोग्नुनपर्ने उनलाई सुझाव दिइएको छ ।

प्रधानन्यायाधीशमा संवैधानिक समितिबाट सिफारिस भए पनि संसदीय सुनुवाइबाट अस्वीकृत भएका जोशी केही समय बिदामा बसेका थिए । तर, नयाँ प्रधानन्यायाधीशका रुपमा ओमप्रकाश मिश्र आएसँगै पुनस् ४१ दिनपछि सर्वोच्च फर्किएका थिए । त्यसो त गत भदौ २५ गते प्रधानन्यायाधीशका रुपमा सर्वोच्च प्रवेश गरेका मिश्रलाई जोशीले स्वागत गरेका थिए ।

जोशी सर्वोच्च फर्किएसँगै नेकपाका नेताहरु उनीसँग आक्रोशित भएका थिए । उनीहरुले राजीनामा दिई सर्वोच्चको गरिमा बचाउन आग्रह गर्दै आएका थिए । तर, जोशीले आग्रह अटेर गर्दै गएपछि नेकपा महाअभियोग लगाएरै निकास खोज्ने प्रयासमा जुटेको हो ।

नेकपाका एक जना सांसदले कर्मचारीमार्फत जोशीलाई कि त महाभियोगका लागि तयार रहन नत्र अदालत नफर्कनु भनी सन्देश पठाएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्