२० वर्षपछि चलचित्र निर्देशनमा महेश, बन्ने भयो ‘सडक २’

लाेकपाटी न्यूज
0 Shares

बलिउड चलचित्र उद्योगका सफल निर्देशक महेश भट्टले ‘सडक २’ निर्माण गर्ने घोषणा गरेका छन् । लामो समयदेखि महेश भट्टले ‘सडक २’ निर्माण गर्न लागेको चर्चाले बलिउडमा निकै चर्चा चलेको थियो । महेश भट्टले एउटा भिडियो सार्वजनिक गर्दै चलचित्र बन्न लागेको जानकारी दिएका हुन् ।

चलचित्रमा ‘सडक’ का हिट जोडी संजय दत्त र पूजा भट्टले काम गर्ने पक्का भएको छ । यस्तै, बलिउडका यूवापुस्ताका दुई चर्चित कलाकार पनि यो चलचित्रमा हुनेछन्  ।

भट्टले आफ्नी छोरी आलिया भट्टलाई पनि  ‘सडक २’ मा मुख्य भूमिकामा काम गराउँदैछन् । साथमा नायक आदित्य राय कपुर चलचित्रको मुख्य भूमिकामा हुनेछन्  ।

२० बर्षपछि चलचित्र निर्देशनमा फर्किएका भट्टले सन् २०२० को मार्च २५ मा ‘सडक २’ रिलिज हुने घोषणा समेत गरेका छन् । मुकेश भट्टले यो चलचित्र निर्माण गर्दैछन्  ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्