
0
Shares
काठमाडौं, ५ असोज बङ्गालको खाडीबाट सुरु भएको आँधीको नेपालमा पनि असर परेको छ । हिजो देखि सुरु भएको सो आँधी अहिले पश्चिमतिर बढिरहेको मौसम विदले जनाएका छन् ।
आँधीका कारण भारतका पनि विभिन्न राज्यमा भारी वर्षा र हावाहुरी भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले सजगता अपनाउनु आग्रह गरेको छ ।
मध्य र पश्चिमका उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ । आइतबारदेखि मात्र मौसम सुधार हुन्छ,’ महाशाखाका मौसमविद्ले जनाएका छन् ।