‘इन्टु मिन्टु लण्डनमा को आक्रामक व्यापार, करोड क्लबमा प्रवेश

https://lokpati.com/wp-content/uploads/2018/09/Intu-Mintu.jpg
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ७ असोज । शुक्रबार प्रदर्शनमा आएका चलचित्रहरु हुन् । इन्टु मिन्टु लण्डनमा, बाँध मायाले र धूम ३ ।

तीन चलचित्रहरुमध्ये रेनशा वान्तवा राइ निर्देशित चलचित्र इन्टु मिन्टु लण्डनमा ले आक्रामक व्यापार गरिरहेको छ ।

प्रेमकथामा आधारित चलचित्र इन्टु मिन्टु लण्डनमा विशेषत युवायुवतीको रोजाइमा परेको छ । चलचित्रलाई साम्राज्ञी र धिरजको क्रेजले पनि फाइदा पुर्याएको देखिन्छ ।

शुक्रबारबाटै व्यापार सुरु गरेको यस चलचित्रले शनिबार अझ आक्रमक व्यापार गर्यो । शुक्रबार करिब ५५ लाख व्यापार गरेको चलचित्रले शनिवार झण्डै दोब्बर पुर्यायो ।

निर्देशक रेनशा वान्तवा राइका अनुसार शनिबारको देश भरिको व्यापार करिब १ करोड बराबर भएको थियो । शनिबार देशैभरका इन्टु मिन्टु लण्डनमा लागेका मल्टिप्लेक्स र सिंगल हल हाउफूल भएका थिए ।

आइतबार भने चलचित्रलाई बन्दको केही प्रभाव परेको बुझिएको छ । चलचित्रको व्यापारलाई लिएर निर्देशक राइ तथा मुख्य कलाकार धिरज, साम्राज्ञी र सारुक पनि उत्साहित छन् ।

निर्देशक राइ चलचित्रका मुख्य ३ कलाकारलाई साथमालिएर उपत्यकाका विभिन्न हलमा पुगेकी थिइन् । कलाकारको साथमै बसेर चलचित्र हेर्न पाउँदा दर्शकहरुले समेत खुशी देखिन्थे ।

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’सँग–सँगै प्रदर्शनमा आएको चलचित्र ‘बाँध मायाले’ ले पनि सामान्य व्यापार गरेको छ । पदर्शनमा आउनुअघि जति चर्चा थियो त्यही चर्चा हलमा कायम हुन सकेन ।

सविर श्रेष्ठले निर्देशन गरेको चलचित्र बाँध मायाले इन्टु मिन्टु लण्डनमाकै चेपुवामा परेको छ भन्दा फरक नपर्ला । चलचित्रका गीत संगीतले दर्शकको मन राम्रै जितेको थिायो ।

चलचित्रको मलाइ मुटु हुनु छ तिम्रो बोलको गीतलाइ दर्शकले मन पराएका थिए । चलचित्रमा आर्यन अधिकारी, सृष्टि श्रेष्ठ, किसोर खड्कालगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

भने प्रचार प्रशार पनि पछाडि देखिएको चलचित्र ‘धुम ३’ का निर्माण युनिटले भने हल सञ्चालकहरुले आफ्नो चलचित्रलाई वास्ता नगरेको आरोप लगाएका छन् । जयकिसन बस्नेतको निर्देशन, लेखन र निर्माण रहेको चलचित्र ‘धुम ३’ मा अलिना रायमाझी, जयकिसन बस्नेत, प्रज्वल गिरी, लय संग्रौला, सोभित बस्नेत, उत्तम केसी, सुरविर पण्डित, सिम्रन कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘धुम ३’ पनि ‘बाँध मायाले’ र ‘इन्टु मिन्टु लण्डनमा’ सँगै प्रदर्शनमा आएको चलचित्र हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्