एउटै कार्यकालमा सबैभन्दा बढि नेपाल भ्रमण गर्ने प्रधानमन्त्री मोदी

https://lokpati.com/wp-content/uploads/2018/09/narendra-modi.jpg
लाेकपाटी न्यूज
0 Shares

काठमाडौ,८ असोज । भारतीय प्रधानमन्त्री मन्त्री नरेन्द्र मोदीले पाँचौपटक नेपालको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री मोदी मंसीरको दोस्रो साता गौतम बुद्धको जन्मस्थान लुम्बिनी भ्रमण गर्नका लागि नेपाल आउन लागेका हुन् ।

यो सँगै मोदी एउटै कार्यकालमा सबैभन्दा बढि नेपाल भ्रमण गर्ने प्रधानमन्त्री समेत बनेका छन् । मोदीले पछिल्लो ४ वर्षमा चारपटक नेपाल भ्रमण गरिसकेका छन् ।

भारतीय न्युज एजेन्सी एएनआईअनुसार मोदी यसपटकको गौतम बुद्धको जन्मस्थान लुम्बिनी भ्रमणका लागि आउन लागेको जनाएको छ । मंसिर १२ र १३ गते मोदीले भ्रमण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्