निर्माण सकिन नपाउँदै भासिन थाल्यो नारायणगढ–मुग्लिन सडक

https://lokpati.com/wp-content/uploads/2018/09/Narayangadh-muglin-sadak.jpg
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं ८, असोज । निर्माण सकिन नपाउँदै नारायणगढ–मुग्लिन सडकखण्ड तीन ठाउँमा भासिएको छ । ती ठाउँमा सवारी एकतर्फी मात्रै सञ्चालन भइरहेको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार पछिल्लोपटक नारायणगढबाट २६ किलोमिटर दूरीमा रहेको भालुढुङ्गामा ७५ मिटर सडक भासिएको छ । ५ मिटर चौडा सडक झण्डै २० सेण्टिरमिटर भासिएको छ ।

सडकको फेदबाट त्रिशूलीको बहाबले धक्का दिइरहेकाले भासिनुका कारण थाहा हुन सकेको छैन । यस्तै, १७ किलोमा ४० मिटर लम्बाइको सडक छ मिटर चौडाइ र दुई मिटर गहिरो गरि भासिएको छ ।

नारायणगढबाट आठ किलोमिटरको दूरीमा रहेको भतेरीमा पनि ५० मिटर सडक भासिएको छ । पर्खालसमेत लच्किएकाले फेरि तलबाटै बनाउनु पर्ने सुझाव प्राविधिकले दिएका छन् ।

तीनवटै ठाउँमा ठेकेदार कम्पनीको बीमा हुने भएकाले काम सुरु भएको छैन । परामर्शदाता कम्पनीका विज्ञ समूहले सडक भासिनुका कारण अध्ययन गरिरहेको आयोजन प्रमुख बिसुरालले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्