१२ गतेदेखि दशैको लागि नयाँ नोट बाँड्ने राष्ट्र बैंकको तयारी

https://lokpati.com/wp-content/uploads/2018/09/new-note.jpg
लाेकपाटी न्यूज
0 Shares

काठमाण्डौं, ९ असोज । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि दशैलाई लक्षित गर्दै १३ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट निष्काशन गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग श्रोतका अनुसार ५, १०, २०, ५० र १०० दरका नोट १३ अर्ब रुपैयाँभन्दा बढी सटही प्रयोजनका लागि निष्काशन गरिएको छ ।
नेपाल राष्ट्र बैंक थापाथली, राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक काठमाण्डौं विभिन्न ठाउँका झण्डै १६ शाखामा सर्वसाधारणले नयाँ नोट पाउँनेछन् ।

सर्वसाधारणलाई वितरण गरिने सो रकम बैंकले भने १२ गते (शुक्रबार) देखि पाउँनेछन् । सर्वसाधारणले भने २१ गतेसम्म कुर्नुपर्नेछ ।

श्रोतका अनुसार काठमाण्डौं बाहिरबाट पनि सरकारी नोटकोष भएको बैंकबाट नयाँ नोट वितरण गरिने छ । प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकको तयारी छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्