ओलीले भन्दैमा समृद्ध नेपाल बन्छ ? : माेहन वैद्य

Mohan Baidya
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ९ असोज । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले ओली सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन् ।

मंगलबार पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेलाको उदघाटन गर्दै महासचिव वैद्यले सुशासन, भ्रष्टाचार अन्त्यको नारा लिएर बनेको सरकार आफैं भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए ।

उनले सरकारले ७ महिनाको अवधिमा सुन तस्करीलाई नियन्त्रण गर्न नसकेको बताउँदै बालिका बलात्कारपछि हत्या गर्नेलाई कार्वाही गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरे ।

प्रधानमन्त्री केपी ओलीले ‘सुःखी नेपालीः समृद्ध नेपाल’ को सपना बाँडेर मुलुकलाई बर्बाद बनाएको वैद्यको दाबी थियो ।

उनले समाजवाद भन्दैमा समाजवाद नहुने बताउँदै ओलीले ‘सुःखी नेपालीः समृद्ध नेपाल भन्दैमा, ‘सुःखी नेपालीः समृद्ध नेपाल’नबन्ने तर्क गरे ।

कार्यक्रममा वैद्यले श्रमजीवि जनताको पक्षमा दृढतापूर्वक उभिन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेतसमेत गराए ।