संसारको सबैभन्दा महंगो जुत्ता

Most Expensive Shoes
लाेकपाटी न्यूज
0 Shares

तपाईले लगाएको जुत्ताको मुल्य कति ? एक हजार, २ हजार वा लाखौं । तर अब हामी कुरा गर्दैछौं १.७ करोड डलर अर्थात १ अर्ब २३ करोड मुल्य पर्ने जुत्ताको । संसारको सबैभन्दा महंगो जोडी जुत्ता यूएईमा सार्वजनिक गर्न लागिएको हो ।

मिडियाका अनुसार यो लग्जरी जुत्ता हिरा तथा सुन जडित गरेर बनाइएको छ । यो नौ महिनामा डिजाइन गरेर बनाइएको छ । यो पैशन डायमण्ड जुत्ताको मुल्य ६.३४ करोड दिराम हो । यसमा सयौँ हिरा लागेर बनेको छ ।

यो जुत्ताको जाडी यूएईको ब्राण्ड जदा दुबईले पैशन ज्वेलर्सको सहयोगमा बनाएको हो । बुधवार संसारको एकमात्र पाँच तारे होटल ‘बुर्ज अल अरब’ मा यसको सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्