किन जाँदैछन् प्रचण्ड सिंगापुर ?

Prachanda_1
लाेकपाटी न्यूज
0 Shares

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार सिंगापुर जाने भएका छन् । स्रोतका अनुसार बुधबार बेलुकी प्रचण्ड सिंगापुर जान लागेका हुन् । पत्नी सिता दाहालको नियमित स्वास्थ्य जाँचका लागी सिंगापुर जान लागेको बताइएको छ ।

उनी कहिले फर्कने टुंगो छैन । सिताको स्वास्थ्य जाँच पछि मात्रै प्रचण्ड दम्पती फर्कनेबारे टुंगो लाग्ने बताइएको छ । डाक्टरको सल्लाह अनुसार मात्रै उपचार गराएर फर्कने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि गत ६ गतेबाट अमेरिका भ्रमणमा छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्