रक्सी खाने र बेच्नेलाई हुनेछ यस्तो सजाय

drunk-girls-720x340
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १० असोज । मदिराको सेवनका कारण समाजमा अपराध बढेको र स्वास्थ्यमा समेत गम्भीर असर पर्ने भएकोले आज व्यवस्थापिका संसदमा जरुरी महत्वको प्रस्ताव दर्ता हुन गइरहेको छ ।

यो प्रस्तावले मदिरा कसले, कहाँ, कसरी र कति खाने तथा कसले कसलाइ कति बेच्ने भन्ने कुरामा निर्देशिका बनाउन माग गरेको छ ।
नेकपाका सांसद सांसद झपटबहादुर रावलले जनस्वास्थ्यको लागि हानिकारक मदिरा जुनसुकै समय, जुनसुकै उमेर समूहका व्यक्तिलाई बेचबिखन गर्ने कार्यले नकारात्मक असर पर्दै गएकोले विद्यमान कानुनको कडाइका साथ लागू गर्न मदिरा बेचबिखन सम्बन्धी नयाँ निर्देशिका तयार गरी तत्काल कार्यान्वयन गर्न आवश्यक भएकोु भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्न लागेका हुन् प्रस्तावलाई सांसद कृष्णभक्त पोख्रेल र वसन्तकुमार नेम्वाङ्गले समर्थन गर्नेछन् ।

त्यसो त मदिरा नियन्त्रण या बेचबिखनसम्बन्धी कानुन नभएको होइन । तर त्यो कार्यान्वयन भने भएको छैन ।
भारतलगायत विश्वका कतिपय देशमा मदिरा सबैले खान पनि पाउँदैनन र सबैले बेच्न पनि पाउँदैनन । तर नेपालमा भने तरकारी पसलदेखि कष्मेटिक पसलसम्म र साना भट्टीदेखि सबैजसो होटलमा मदिरा सहजै पाइन्छ । यसले गर्दा जनस्वास्थ्यमा प्रतिकूल असर मात्र नभई सामाािजक अपराधमा समेत बृद्धि भएको बिभिन्न तथ्याङ्कहरुले देखाउँदै आएका छन् ।

प्रस्तावमा के छ ?
१. मदिरा स्वास्थयको लागि हानिकारक पदार्थ हो, यसले एकातर्फ सेवनकर्ता नागरिकका स्वास्थ्थमा नकारात्मक असर पार्छ भने अर्को तर्फ मदिरा सेवनका कारण समाजमा विभिन्न प्रकृतिका हत्या, हिंसा, लुटपाट जस्ता घटनाहरु भइरहेका हुन्छन् ।

२. अनाधिकृत रुपमा मदिरा उत्पादन र बेचबिखन आजकै मितिमा अन्त्य गर्न नसकिए पनि यसको उत्पादनमा न्यूनिकरण र बेचबिखन व्यवस्थित गर्नु पर्ने आवश्यकता टड्कारो रुपमा देखिएको छ ।

जुनसुकै ठाउँ जुनसुकै समय, जुनसुकै उमेर समूहका व्यक्तिलाई मदिरा बेचबिखन गर्ने कार्य तत्काल रोक्नु पर्छ । भारत लगायत विश्वका सबैजसो राष्ट्रहरुमा मदिरा बेच्न निश्चित स्थान, समय राज्यले तोकिदिएको हुन्छ ।

३. बालबालिकालाई मादक पदार्थ खरिद गर्न र संकलन गर्न निषेध गरिएको पाइन्छ ।त्यसैले नेपाल सरकारले तत्काल मदिरा बेचबिखन सम्बन्धी कानुन भएपनि यसको पालना तथा अनुगमन नभएकोले कानुनको कार्यान्वयन कडाईका साथ लागू गर्न र मदिरा बेचबिखन सम्बन्धी नया निर्देशिका तयारी गरी तत्काल कार्यान्वयन गर्न जरुरी छ ।

• मदिरा सेवन कर्तालाई परिचपत्र दिने व्यवस्था दिनु पर्ने ।

• मदिरा बिक्रि वितरण गर्न मिल्ने स्थान एकिन गर्नु पर्ने ।

• मदिरा बिक्रिकर्ता र खरिदकर्ताको योग्यता (उमेर समूह) तोक्नु पर्ने ।

• मदिरा खरिद बिक्रि गर्ने समय तोक्नु पर्ने ।

• मदिरा सेवन परिचयपत्र बिना मदिरा सेवन गर्न नपाइने व्यवस्था गर्नु पर्ने ।

• मदिरा सेवनको मात्रा तोक्नु पर्ने ।

• घरेलु मदिराको गुणस्तरको लागि मापदण्ड तोक्नु पर्ने (अखाद्य पदार्थको मिसावट रोक्न) युरिया, सुत्केरीको साल, जुत्ताको फोहार मोजा मिसाउन नपाउने ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्