गृहमन्त्री थापालाई राजीनामा दिन दबाब

ram-badal
लाेकपाटी न्यूज
0 Shares

देशमा दिनदिनै बढिरहेका महिला हिंसाका घटना रोक्न असफल रहेको भन्दै प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा मागिएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले गृहमन्त्रीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग गरिन् ।

‘कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना भयो, हिजै मात्र पोखरामा अर्की बालिका बलात्कृत भइन्’, उनले भनिन् , ‘महिलामाथि तेजाव हान्ने नयाँ श्रृंखला सुरु भएको छ तर सरकार चुपचाप बसेको छ । गृहमन्त्रीले केही गर्न सकेका छैनन्, यस्तो अवस्थामा उनले पदमा बसिरहनु उचित हुँदैन ।’

भुसालले हिंसाका घटना रोक्न छोडेर सरकार राजीतिकरणमा लागेको पनि बताइन् । ‘महिलाविरुद्ध हिंसाका घटना भइरहेका छन् । त्यसलाई सरकारले रोक्न नसकी तर राजनीतिकरण गर्न लागेको छ’। उनले भनिन्, । ‘महिलाविरुद्धका घटना राजनीतिकरण नहोस ।’

सांसद भुसालले सरकारले दशैँ तिहारको उपहारस्वरुपमा जनतालाई मूल्यवृद्धि दिएको भन्दै चर्को आलोचना गरिन् । उनले गरिबले दशैँ तिहार नमनाउन् भनेर सरकारले पेट्रोलियमसहितका उपभोग्य सामानको मूल्यवृद्धिको बोझ थोपरेको आरोप पनि लगाइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्