प्रधानमन्त्री ओलीलाई भेट्दा डोनाल्ड ट्रम्पको मुहारमा देखियो यस्तो खुशी

Trump -oli
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । त्यसक्रममा ओली र ट्रम्पबीच करिब दुई मिनेट कुराकानी भएको थियो । ट्रम्पसँगै प्रथम महिला मेलानिय ट्रम्प पनि उपस्थित थिइन् ।

राष्ट्रसङ्घीय महासभाको उच्चस्तरीय छलफल हुनु अघिल्लो दिन सोमबार साँझ आयोजना गरिएको स्वागत कार्यक्रममा उभिएरै छलफल भएको थियो । प्रधानमन्त्री ओलीको सचिवालयले नेपालको दिगो शान्ति, विकास र दुईपक्षीय हितबारे धारणा राखेका थिए ।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री ओली र ट्रम्पबीचको भेटवार्तामा ओली पत्नी राधिका शाक्य र ट्रम्प पत्नी मेलानिय ट्रम्पको पनि उपस्थिति रहेको थियो । तस्वीरमा ट्रम्प र मेलानिया निकै हसिलो मुद्रामा देखिएका छन् भने प्रधानमन्त्री ओली र राधिका पनि हसिलो मुद्रामा देखिएका छन् ।

यसअघि पूर्वप्रधानमन्त्रस् रहेका स्व. सुशील कोइरालाले ओबामालाई भेटेका थिए । त्यसपछि कुनै पनि प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिसँग कार्यक्रम स्थलमै पनि भेटघाट गर्न पाएका थिएनन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्