फेसबुकको मूख्यालय पुगे डा. बाबुराम भट्टराई

Baburam Bhattarai
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ११ असोज । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइ फेसबुकको हेडक्वार्टर पुगेका छन् ।
बुधबार भट्टराईले फेसबुकको हेडक्वार्टरमा पुगेर सबैलाई नमस्कार भन्दै अभिवादन गरेका छन् । उनले आफ्नो फेसबुक वालमा आफू, पत्नी हिसिला यमी र अन्य साथीहरुसँग देखिन्छन् ।

केही समय अघि मात्रै उनले आफ्नो फेसबुक पेजमा फोटो पोस्ट गर्दै लेखेका छन् ‘फेसबुकको हेडक्वार्टरबाट सबैलाई नमस्कार है’ ।

DR Baburam Bhattarai
फेसबुकको हेडक्वार्टरमा पुग्ने नेपाली नेताहरुमा सम्भवतस् डा. भट्टराई पहिलो नेता हुन् । डा. भट्टराई सूचना प्रविधि र अनुसन्धानमा विशेष रूचि राख्ने नेता मानिन्छन्।

फेसबुकको हेडक्वार्टर पुग्ने भट्टराईको कदमले नेपालका सामाजिक सञ्जाल प्रयोगकर्तालाई उत्साह मिल्ने उनका समर्थकहरु बताउँछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्