स्टेशनरी सामान बितरण गरेर जन्मदिन

bimalaaaa
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ११ असोज । नायिका बिमला केसीले विद्यार्थीहरुलाई स्टेशनरी सामान बितरण गरी आफ्नो जन्मदिन मनाएकी छिन् ।

केसीले काठमाडौंको मनमैजुमा रहेको एकीकृत सिर्जनशील समाज नेपालको आवास गृहमा बसेर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई स्टेशनरी सामान बितरण गरेर आफ्नो जन्मदिन मनाएकी हुन् । उनले समाजका ४५ जना विद्यार्थीलाई कापी, कलम लगायतका स्टेशनरी सामान बितरण गरेकी हुन् ।

सिर्जनशील समाजमा द्धन्द्धपीडित, बिपन्न र अभिभावक नभएका ४५ जना विद्यार्थी बस्ने गर्दछन् । समाजको आवास गृहमा पुगी केसीले उनीहरुलाई उक्त सामग्री बितरण गरेकी हुन् ।

सानो सहयोग भए पनि विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने हेतुले स्टेशनरी सामान बितरण गरिएको उनले बताइन् । केसी नेपाल चलचित्र कलाकार सङ्घको कोषाध्यक्ष र चलचित्र जाँचपास समितिको बोर्ड सदस्यमा कार्यरत छिन् ।

bimala kc

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्