पर्यटन श्रमिकद्वारा आन्दोलनको घोषणा

punhil-annapurna_padmarga_file_photo[1]
लाेकपाटी न्यूज

काठमाडौं, असोज । सरकारले ३९ औं विश्व पर्यटन दिवस मनाई रहँदा पर्यटन क्षेत्रका श्रमिकहरुले भने पर्यटन क्षेत्र नै ठप्प पारिदिने भन्दै आन्दोलनको घोषणा गरेका छन् । यूनिट्राभ र अखिल नेपाल पर्यटन मजदुर संघले अन्नपूर्ण तथा मनास्लु पदमार्ग क्षेत्रमा आन्दोलनको घोषणा गरेका हुन् ।

अन्नपूर्ण तथा मनास्लु क्षेत्रमा होटल व्यवसायीको अगुवाईमा विभिन्न स्थानीय क्लबलगायत स्थानीय सरकार समेतको मिलेमतोमा सिण्डिकेट लागू गरी श्रमिकमाथि अन्याय पार्ने काम भएको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुली र अखिल नेपाल पर्यटन मजदुर संघका अध्यक्ष रामचन्द्र ढुंगानाद्धारा संयुक्त रुपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पर्यटन मजदुरहरुले केही होटल सञ्चालकले केही ब्यक्ति राखेर अन्नपूर्ण र मनास्लु पदमार्गमा श्रमिकलाई २०० रुपैंयाँ लिएर श्रमिकमाथि ठगी गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । पर्यटन मजदुर संगठनहरुले सम्बन्धित व्यवसायीलाई कार्वाही गर्न माग गरेका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्