प्रधानमन्त्री ओलीको भाषण विरुद्ध अमेरिकामा विरोध प्रदर्शन

American Nepali People
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं १२ असोज । संयुक्त राष्ट्र सङ्घको ७३ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीले भित्र सम्बोधन गर्दै गर्दा राष्ट्र सङ्घ भवन बाहिर त्यहाँ रहेका नेपालीले विरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्रीको सम्बोधनको पालो स्थानीय समय अनुसार विहीबार साँझ ५ बजे रहेकोमा सोही समयमा नेपालमा व्याप्त हत्या, हिंसा र बलात्कारको विरोध गर्दै प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा सहभागीले टाउकोमा कालो कपडा बेरेर प्रदर्शन गरेको सहभागीहरुले बताएका छन् । उनीहरुले हामी न्याय चाहन्छौं भन्ने प्लेकार्ड समेत प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारालाई कार्वाही गर्न र दोषीलाई फाँसी दिन समेत माग गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्