चेम्वरलाई सङ्घीय संरचनामा ढाल्छौं : बरिष्ठ उपाध्यक्ष मल्ल

chembar dhading
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ असोज । नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले स्थिर र बहुमतीय सरकार गठन भएकाले अब मुलुकले आर्थिक एजेन्डालाई मुख्य प्राथमिकता दिनुपर्ने बताएका छन् । धादिड्ड चेम्वर अफ कमर्सको उद्घाटन गर्दै मल्लले सो कुरा बताएका हुन् ।

निजी क्षेत्रको सशक्तिकरणको माध्यमबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्न सकिने मल्लले बताए । उनले भने, “कृषिमा व्यवसायीकरण ल्याउनुपर्छ, धादिड्ड जिल्लामा कृषि महाविद्यालय स्थापना गरिनुपर्दछ । ‘एग्रो टुरिजम’, ‘हाइड्रो टुरिजम’, ‘रिभर टुरिजम’ आदिको विकास गरि निजी क्षेत्रको व्यापक सहभागितासुनिश्चित गरिनुपर्दछ । यसले मात्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल हुन सक्छ ।’’

मल्लले नेपाल चेम्बर अफ कमर्स मुलुकको विद्यमान संघीय संरचना अनुरुप विस्तार हुन गइरहेको जानकारी दिँदै मुलुकका सातवटै प्रदेश र ७७ वटै जिल्लामा चेम्बर अभियानलाई पु-याउने अभियानको शुभारम्भ भएको जानकारी दिए ।

स्वागत मन्तव्य राख्दै धादिड्ड चेम्वर अफ कमर्सका अध्यक्ष गोबिन्द श्रेष्ठले नेपाल चेम्बर अफ कमर्सको मार्ग दर्शनमा रही व्यवसायिक हितको लागि अग्रगामी भूमिका निर्वाह गर्ने बताए ।

सो अवसरमा नेपाल चेम्वर अफ कमर्स प्रदेश नंं ३ का अध्यक्ष कृष्णमान श्रेष्ठ, निलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुगानाले पनि शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्