ओली-प्रचण्डलाई थाहै नदिई माधव नेपालको गोप्य भेला !

madhav kumar nepal
लाेकपाटी न्यूज
0 Shares

१२ असोज काठमाडौ । कार्याबाहक अध्यक्ष कसैलाई नदिइ दुबै अध्यक्ष विदशे भ्रमणमा निस्केपछि नेकपाभित्र असन्तुष्टि बढेको छ ।

असन्तुष्टि बढेसँगै केन्द्रीय सचिवालय सदस्य माधब नेपालले आज स्थायी समितिका सदस्यहरुको भेला आयोजना गरेका छन्।

आफ्नो अनुपस्थितिमा ओली प्रचण्डले केन्द्रीय सचिवालय बैठक डाकेर प्रदेश नेतृत्व गरेको विषयमा छलफलका लागि नेपालले ‘चियापान भेला’ आयोजना गरेका हुन्। नेकपा केन्द्रीय सदस्य बिष्णु रिजालका अनुसार अपरान्ह ३ बजे नेता नेपालको तर्फबाट बानेश्वरस्थित इन्द्रेनी होटलमा स्थायी समितिका सदस्यहरुलाई चियापानका लागि बोलाइएको छ।

५ असोजमा भएको केन्द्रीय सचिवालयको बैठकका निर्णयप्रति असन्तुष्ट नेपालले सो विषयमा छलफलका लागि स्थायी समितिका सदस्यहरुलाई चियापानका लागि बोलाइएका हुन्। सोही दिनको बैठकमा नेपाल उपस्थित थिएनन्। उनी त्यो बेला अफ्रिकी राष्ट्र घानाको भ्रमणमा थिए।

सचिवालयका अर्का सदस्य नारायणकाजी श्रेष्ठ पनि चीन भ्रमणमा थिए। सो बैठकले प्रदेश ईञ्चार्ज, सहईञ्चार्ज, अध्यक्ष र सचिव छनोटको निर्णय गरेको थियो। यस्तो निर्णय गरेर अध्यक्षद्वय ओली र प्रचण्डले विधानको उल्लंघन गरेको आरोप नेता नेपालको छ।

भेलामा नेता नेपालले आफूलाई नेकपाको भावी नेतृत्वका रुपमा प्रस्तुत गर्ने अनुमान गरिएको छ । ओली र प्रचण्ड नभएको मौका पारेर भेला गर्नुले नेकपाका अधिकांश नेताहरु नेपालप्रति सशंकित भएका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्