उधारो फिर्ता माग्दा सामूहिक बलात्कारको शिकार

Gang Rape
लाेकपाटी न्यूज
0 Shares

कालिकोट, १२ असोज । कालिकोटको खाँडाचक्र नगरपालिकामा एउटी किशोरीले उधारो लगेको पैसा फिर्ता माग्दा उल्टै बलात्कृत हुनुपरेको छ । गत असोज ९ गते धिमाल देवताको पैठको मेला हेरेर घर फर्किने क्रममा १९ वर्षीया युवती बलात्कारमा परेकी हुन् । घटनास्थल खाँडाचक्र नगरपालिका –९ पाँखामा पर्दछ ।

स्थानीय पर्व बिकले ३ वर्षअगाडि लगेको पाँच सय रुपैयाँ माग्दा बलात्कारको सिकार हुनुपरेको किशोरीले बताएकी छिन् । मेला जान लागेकी किशोरीले खर्च नभएकाले आफ्नो पैसा दिन आग्रह गरेकी थिइन् ।

८ जनाको समूहमा रहेका युवाहरु मदिरा पिउँदै बसिरहेका थिए । पैसा माग्दा उनलाई युवाहरुले खोल्सामा लगेर पालैपालो बलात्कार गरेको उनको भनाई छ । बलात्कारीबाट छुटाउन पुगेका दाजुमाथि युवाहरुले ढुंगा प्रहार गरेका थिए । पछि दिदि र दाजूले उनको उद्वार गरेका थिए । युवतीको किटान जाहेरीपछि प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

पीडितले किटानी जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी विनोद शर्माले बताए ।

यो घटनामा संलग्न भएको अभियोगामा खाँडाचक्र नगरपालिका वडा नं. १० का २० वर्षीय पर्व विक, १८ वर्षीय गोर्ख विक, १८ वर्षीय सर्जन विक, खाँडाचक्र नगरपालिका–९ निवासी २२ वर्षीय जीवन विक, २० वर्षीय नवीन विक, १८ वर्षीय डिले विक, २१ वर्षीय सुवास विक र २० वर्षीय हर्ष विक पक्राउ परेका छन् ।

पीडितले जाहेरी दिएपछि जिल्ला प्रहरी प्रमूख डिएसपी विनोद शर्मा, प्रहरी इन्सपेक्टर निरोज चौलागाई लगायतका ५० जना प्रहरीको सक्रियतामा १० गते राति ३ बजे उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्