सिंहदरबारमा थप सुरक्षा र सतर्कता, यस्तो छ कारण

Pradhanmnatri karyalaya
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ असोज । देशको प्रमुख प्रकाशकीय सचिवालयमा सुरक्षा सतर्कता बढाईएको छ ।

केही साताअघि प्रधाधानमन्त्री तथा मन्त्री परीषद्को कार्यालयभित्रै उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष विष्टमाथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हातपात गरेका थिए ।

मन्त्रीलाई भेट्ने समय नमिलाएको भन्दै विष्टमाथि कुटपिट भएपछि सिंहदरबारभित्र रहेका २१ वटा मन्त्रालयमा सुरक्षा सतर्कता बढाइएको महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले जनाएको छ ।

उक्त गणले घुम्ती टोलीसहित सुरक्षा सतर्कता बढाएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्