प्रधानमन्त्री ओली रात्रीभोजमा सहभागी

Kp oli
लाेकपाटी न्यूज
0 Shares

सान होजे, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आज कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले प्रधानमन्त्री तथा उहाँको नेतृत्वमा आएको नेपाली प्रतिनिधि मण्डलको सम्मानमा आयोजना गरेकोे रात्रिभोजमा सहभागी भए ।

कार्यक्रममा कोस्टारिकामा युनाइटेड वल्र्ड कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले नेपाली गीत तथा नृत्य प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य रहेकी थिइन् ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्