२२ वर्षिय युवकद्धारा एक महिला बलात्कृत

https://lokpati.com/wp-content/uploads/2018/09/Rape.jpg
लाेकपाटी न्यूज
0 Shares

खोटाङ, १५ असोज । खोटाङमा एक महिला बलात्कृत भएकी छन् । जन्तुढुङ्गा गाउँपालिका–२ बोपुङ तीनदिँउ घर भएकी २५ वर्षीया महिला शुक्रबार बलात्कृत भएकी हुन् । भोजपुरको बालङ्खा बजारबाट चामल लिएर घर फर्कनेक्रममा चप्लेटी जंगलमा ती महिलालाई सोही गाउँका २२ वर्षीय हरि खड्काले बलात्कार गरेको जनाईएको छ । बलात्कारपछि खड्का फरार रहेका छन् ।

बालङ्खा बजारदेखि आफु चामल लिएर घर फर्कनेक्रममा खड्काले आफुलाई पछ्याएको र जंगलको विचमा आएपछि खड्काले जवरजस्ती तानेर जंगलमा लगेर बलात्कार गरेको पीडित महिलाले बताईन् ।

बलात्कारमा परेकी ती महिला नौ वर्षकी छोरी र श्रीमानलाई लिएर न्यायको माग गर्दै सदरमुकाम दिक्तेल आएकी छन् । डिएनए परिक्षण गर्र्न र जिल्ला प्रहरी कार्यालयमा उजुरी हाल्नका लागि उनिहरुलाई इलाका प्रहरी कार्यालय चिसापानीले सुझाव दिएपछि उनिहरु सोमबार दिक्तेल आएका हुन् ।

घटनाको मौखिक जानकारी आएकोले पीडित पक्षलाई बोलाएको र उजुरी दर्ता हुनसाथ कानुनी प्रकृया सुर गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्