प्रहरी र नगरपालिकाको घोषणा : ‘हिंसा रोक्न अभियान चलाउँछौं’

sachetana2
लाेकपाटी न्यूज
0 Shares

चितवन । महिला तथा बालबालिका माथि हुने हिंसा विरुद्ध चितवनका सरोकारवालाहरु एकजुट हुने भएका छन् । पछिल्लो समय देशमा बढदै गइरहेको हिंसासम्बन्धी सचेतना जगाउन सम्भावित हिंसाग्रस्त क्षेत्रमा सचेतनासहित पुग्न लागेका हुन् ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले कुनै पनि किसिमको हत्या हिंसा महानगरालाई सह्य नहुने बताएकी छिन् । उनले देशमा नयाँ व्यवस्था सुरु भएपनि यस्ता घटना घटदै जानु दुखद भएको बताइन् । भरतपुर महानगरपालिका गम्भिर भएर अभियानमा जुट्ने दाहालको भनाइ छ ।

चितवनमा पनि महिला हिंसा र जबरजस्ती करणी सम्बन्धी घटनाहरु बाहिरा आइरहेका छन् । ‘बढदो घटनालाई न्यूनिकरण गर्न अभियान नै चलाउन लागेका हौं’ जिल्ला प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले भने । अभियानलाई स्थानिय तहका जनप्रतिनिधिको सहभागितामा गाउँगाउँमा लैजाने राठौरले बताए ।

जिल्ला प्रहरी कार्यालय, भरतपुर महानगरपालिका, महिला अधिकारीकर्मी, टोल सुधार समिति तथा नागरिक अगुवाहरुको अगुवाइमा विद्यालय स्तरमा पनि सचेतनामुलक कक्षाहरु सञ्चालन हुनेछन् । विद्यालयबाटै अभियान चलाए सचेतनाले सार्थकता पाउने महिला अधिकारकर्मी मीना खरेलले बताइन् । विद्यालयबाट घरघर र घरबाट ब्यक्ति व्यक्तिसम्म सन्देश प्रवाह गर्नसके यस्ता घटनाहरुमा न्यूनकरण आउने अपेक्षा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गृह मन्त्रालयले बढ्दो बलत्कार र यौन हिंसाको विषयमा चितवन लगाएत देशभर यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।

अभियान सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय चितवनको नेतृत्वमा विभिन्न कार्यदलहरु निर्माण गरिएको छ । अभियानमा सबै सरोकारवाला निकायसँग हातेमालो गर्दै सचेतना फैलाउने प्रहरी योजना छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्