घोराहीमा बिपीको शालिक बन्दै

Bipi koirala
लाेकपाटी न्यूज
0 Shares

घोराही, १६ असोज । नेपाली साहित्य र राजनीतिमा ऐतिहासिक प्रभाव छोड्न सफल जननायक बिपी कोइरलाको शालिक सदरमुकाम घोराहीमा बनाउन थालिएको छ ।

घोराहीको सडक विभागदेखि पश्चिमतर्फको चोकमा शालिक निर्माण शुरु गरेको नेपाली काङ्गे्रस दाङका जिल्ला सचिव शङ्करप्रसाद डाँगीले जानकारी दिए । छ फिट अग्लो पूर्ण कदको सो शालिक बनाउन निर्माणको संयोजन काङ्गे्रस क्षेत्र नम्बर ३ ले गरेको छ ।

करीब रु १७ लाखको लागतमा शालिक पूर्णरुपमा तयार गरिने क्षेत्रीय सभापति भूपबहादुर डाँगीले जानकारी दिए । मङ्सिर मसान्तसम्म निर्माण सकिनेछ । विसं.२०६३ असार २७ गतेको साविक घोराही नगरपालिकाको बैठकले सो स्थानमा शालिक निर्माण गर्ने निर्णय गरेको थियो जसको २०७१ साल साउन ६ गते काङ्गे्रसका नेता स्व. खुमबहादुर खड्काले शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्