पोखरामा एक युवाको हत्या

Murder
लाेकपाटी न्यूज
0 Shares

कास्की, १६ असोज । पोखराको पालिखेचोकमा गएराति एक युवाको हत्या भएको छ ।

पोखरा महानगरपालिका–३, पालिखेचोक भन्दा झण्डै सय मिटरमाथि प्रतिभा मा.वि अगाडि राजकुमार नाम गरेका युवाको हत्या भएको हो ।

उनको थर र ठेगाना भने खुलेको छैन । झण्डै ३२ वर्षीय युवाको टाउको र खुट्टामा हतियारको गम्भीर चोट रहेकाले उनको हत्या भएको बताइएको छ । प्रहरीका अनुसार उनी प्रयोगविहीन सामानहरु संकलनको काम गर्दै आइरहेका थिए ।

स्थानीयले युवालाई मृत अवस्थामा भेटेपछि मंगलबार बिहान प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले मुचुल्का तयार पारेर अनुसन्धान अघि बढाएको जनाएको छ भने उनको शब पोष्टमार्टमा लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखीएको छ ।

अनुसन्धानमा संलग्न प्रहरीले घटनापछि उनी कबाडी सामानको बोरा बोकेर त्यहाँसम्म आएको हुन सक्ने बताएको छ । बढी रगत बगेपछि उनको मृत्यु भएको हुन सक्ने प्रहरीको भनाई छ ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्