
0
Shares
काठमाडौं, १७ असोज । काठमाडौंमा फेरि पाँच किलो अवैध सुनसहित एक युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजुबाट ५ किलो अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको हो ।
परिसरका एसपी अशोक सिंहका अनुसार १८ वर्षीय युवक सोबहादुर तामाङले रसुवाबाट ५ किलो सुन कम्मरमा बाँधेर लोकल बस चढी काठमाडौं आएका हुन् । उनलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिई खानतलासी लिँदा सुन भेटिएको एसपी सिंहले बताए ।
TagsGold Smuggling