अबदेखि म कुनै पनि गुटमा छैन : रामकुमारी झाँक्री

ramkumari jhakri
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, असोज १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले गुटमा नबस्ने घोषणा गरेकी छिन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड बिदेशमा रहेको बेला बरिष्ठ नेता माधवकुमार नेपालले सरकारबिरुद्ध अभिब्यक्ति दिनुका साथै स्थायी समिति सदस्यहरुको भेला बोलाएपछि दुई ध्रुवमा केन्द्रित भएको बेला चर्चित नेतृ झाँक्रीले नेता नेपाललाई नै काउन्टर दिएर कुनै गुटमा नलाग्ने घोषणा गरेकी हुन् ।

‘मलाई न उनको शैली मन पर्छ न यिनको तरीका मन पर्छ। बीचमा बस्न पाइदैन ? बुस सिद्धान्त नलगाउ न साथीहरू ।,’ झाँक्रीले गुटबन्दी नगर्न सुझाव दिँदै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकी छिन् । बरिष्ठ नेता नेपाल निकट मानिने नेतृ झाँक्रीले गुटमा नबस्ने घोषणा गरेसँगै माधव नेपाल समूहमा तरङ्ग आएको छ ।

यसअघि बरिष्ठ नेता झलनाथ खनालले आवश्यक परे गुट बनाउने बताएका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भई नेकपा बनेसँगै दुवै पार्टीका तात्कालिन गुट उपगुटहरु आफू बलियो बन्ने होडमा रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्