विश्वकप २०–२० छनौट : नेपालद्धारा म्यानमार पराजित

Nepal Win
लाेकपाटी न्यूज
0 Shares

विश्वकप २०–२० क्रिकेटको छनौटका लागि नेपालले म्यानमारलाई पराजित गरेको छ । मलेसियाको किनरारा ओभलमा भएको खेलमा म्यानमार केवल १० ओभरमा २९ रन बनाउँदै अलआउट हुन पुग्यो ।

सन्दिप लामिछानेले २ ओभरमा ३ रन दिदैं ४ विकेट लिदैं गर्दा अर्का बलर एलएन राजवंशीले उनलाई राम्रो साथ दिए ।

राजवंशीले ३ ओभर बलिङ गर्दै २ मेडेन ओभर सहित ३ रन खर्चेर ३ विकेट लिन सफल हुँदा म्यानमार सस्तैमा अलआउट हुन पुग्यो ।
म्यानमारका कप्तान एच लिन अङले दोहोरो अंक सहित १६ रन बनाएको उक्त म्याचमा नेपालले ८ विकेटले जित हासिल गर्यो ।

एके शाहले ५ बलमा ११ रन र करण केसी ८ बलमा १४ बनाउँदा नेपालले ३ ओभरमा विजय लक्ष भेटायो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्