चितवन टाइगर्सले जित्यो महिला भलिबलको उपाधि

women volleyball
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ, १७ असोज । सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ ।

नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेशनको संयुक्त आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कबर्ड हलमा बुधबार सम्पन्न फाइलनमा चितवनले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

चितवनले एपिएफलाई २५–२०, २५–१७ र २५–११ को सेटमा पराजित ग-यो । तीन विदेशी खेलाडीसहित प्रतिस्पर्धामा उत्रेको चितवनसामू सशस्त्र कमजोर देखियो । उपाधिसँगै चितवनले रु. ६ लाख, उपविजेता एपिएफले रु. ३ लाख र तेस्रो भएको न्यू डायमण्डले रु. १ लाख ५० हजार प्राप्त ग-यो ।

women volleyball

उत्कृष्ट खेलाडीमा शाही

प्रतियोगितामा चितवन टाइगर्सकी अरुणा शाही उत्कृष्ट खेलाडी घोषित भइन् । उत्कृष्ट हुँदै अरुणाले एक थान स्कुटर र रु ५० हजार प्राप्त गरिन् । यसअघि सेमिफाइनलमा चितवनले नेपाल पुलिस क्लब र एपिएफले न्यू डायमण्डलाई हराएर फाइनल पुगेका थिए ।

यसैबीच आजै भएको पहिलो खेलमा न्यू डायमण्डले नेपाल प्रहरीलाई २५–१८, २५–२१ र २५–१९ को सोझो सेटमा पराजित गरी तेस्रो भएको थियो । विजेतालाई पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, उपाध्यक्ष निरोशी मास्के, महासचिव जितेन्द्र चन्दलागयतले पुरस्कार प्रदान गरे ।

फाइनल खेल हेर्न पुगेका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले दुवै टोलीलाई जितको शुभकामना दिएका थिए ।