टिप्पर चलाउने समय हेरफेर, यस्तो छ नयाँ तालिका

tripper
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १८ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र टिप्पर सञ्चालन गर्ने समय परिवर्तन गरेको छ ।

जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिप्पर सञ्चालन गर्न अनुमति दिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

यसअघि साँझ ८ देखि बिहान ५ बजेसम्ममात्र काठमाडौँ उपत्यकामा टिप्पर सञ्चालन हुँदै आएको थियो । जिल्ला प्रशासन कार्यालयले गत साउन १ गते उपत्यकामा टिप्पर दुर्घटनाका कारण मावनीय क्षति बढेको भन्दै रातको समयमा मात्र टिप्पर सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

तर टिप्पर सञ्चालन हुने समय परिवर्तन गरेकै दिन बुधबार भक्तपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

प्रधानमन्त्री कार्यालय र भौतिक योजना तथा निर्माण मन्त्रालयबाट टिपर चलाउनका लागि गृह प्रशासनलाई दवाव आएपछि प्रशासनले नयाँ तालिका बनाएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्