सम्बन्धविच्छेद गर्ने महिला भन्दा धेरै पुरुष

Divorce
लाेकपाटी न्यूज
0 Shares

गुल्मी, १७ असोज । पहिले घरमा श्रीमानले खान दिएनन्, हेला गरेलगायतका समस्याहरु देखाउदै महिलाहरुले जिल्ला अदालतहरुमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउने गर्थे तर जिल्ला अदालत गुल्मीमा भने भाद्र १ गते देखि असोज १७ गते सम्म २१ जना पुरुषहरुले महिलाहरुसँग सम्बन्धबिच्छेदका लागि मुद्दा दर्ता गरेको पाइएको छ ।

पुरुषले सम्बन्धविच्छेद माग्नुका कारणहरु भने प्राय शारीरिक र मानसिक जालप्रपन्ज, ३ वर्ष सम्म सहमति बिना नै अन्यन्त्र बसोबास गर्ने गरेकोलगायतका कारणहरु रहेको जिल्ला अदालत गुल्मीका सुचना अधिकारी एवम् श्रेस्तेदार दुर्गा बस्यालले जानकारी दिए ।
पुरुषहरुको सम्बन्धविच्छेद माग्नेको संख्या २१ रहेको छ भने महिलाहरुको भने १८ रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्