‘अनुराग’ले तान्यो दर्शकको मन, शीर्ष नेताले हेरे ‘चलचित्र अनुराग’

yasto-sathi
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १८ असोज । असोज १२ गतेदेखि देशभर प्रदर्शनमा भइरहेको चलचित्र अनुरागले दर्शकको मन तानेको छ । चलचित्रमा समुन्द्र पण्डित र एलिजा गौतमको मूख्य भूमिका रहेको छ । अनुराग चलचित्र प्रेमको कथावस्तुमा आधारित छ ।

चलचित्रमा बाल्यकालका दुई साथीहरु कसरी छुट्टिन्छन् र पछि कसरी मिल्छन् भन्ने कथालाई रोमाञ्चक ढङ्गले प्रस्तुत गरिएको छ । नायिका एलिजा गौतम पत्रकार ऋषि धमलाकी पत्नी हुन् भने नायक समुन्द्र पण्डित मोडल हुन् ।

पछिल्लो समय अनुराग चलचित्र हेर्न दर्शकहरुको लाइन लागेको छ । कलाकार, निर्माता, निर्देशकदेखि लिएर सामाजिक अभियान्ता र शीर्ष नेताहरु समेत चलचित्र हेर्न हलमा पुगेका छन् ।

हल पुगेर चलचित्र हेरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने, “चलचित्र राम्रो छ । यस चलचित्रले निश्चित रुपको शिक्षा पनि दिएको छ । मानिसहरुलाई उत्पे्ररणा दिन पनि सहयोग गरेको छ । युवाहरुका लागि आकर्षणको चलचित्र पनि हो ।”

अनुराग चलचित्रले कत्तिको दर्शक पाउँला ? पत्रकारले सोधेको प्रश्नमा खनालले भने “यस चलचित्रले बच्चादेखि बुढासम्मलाई आकर्षण गर्न सक्छ । यो चलचित्र निकै राम्रो ढङ्गले चल्नुपर्छ भन्ने मेरो अनुमान छ ।”

अनुरागजस्ता नेपाली चलचित्रहरु जस्ले मनोरञ्जन पनि प्रदान गर्न सकुन्, शिक्षा प्रदान गर्न सकुन् र उत्पे्ररणा पनि दिन सक्ने चलचित्र बन्ने हो भने नेपाली चलचित्र उद्योग अझै माथि जान सक्ने उनले बताए ।

राजनीतिक नेताहरु आफैले टिकट खरिद गरी चलचित्र अनुराग हेर्न गएका थिए । एकै दिनमा सात जना नेताले अनुराग चलचित्र हेरेका थिए । चलचित्र हेर्ने नेताहरुमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, काङ्गे्रस नेता रामचन्द्र पौडेल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, कृषिमन्त्री चक्रपाणि खनाल, उपसभामूख डा. शिवमाया तुम्बाहाम्फे, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, कांग्रेस नेता चन्द्र भण्डारी लगायत थिए ।

देशको उच्च ओहदामा रहेको व्यक्तिले नेपाली चलचित्रको टिकट आफैं खरिद गरेर हलसम्म आएर हेर्नु उत्साहको कुरा रहेको पत्रकार ऋषि धमलाले बताए । धमलाले भने, ‘हामीले निर्माण गरेको चलचित्रमा धेरैको आकर्षण बढेको छ । चलचित्रले समाजमा निकै सकारात्मक सन्देश दिने हाम्रो अपेक्षा छ । यो नेपाली चलचित्र उद्योगका लागि महत्वपूर्ण उपलब्धि हो ।

अनुराग हेरेपछि नेपाली काङ्गे्रसका नेता रामचन्द्र पौडेलले भने, ‘चलचित्रको कलाकारिता र रुपरेखा एकदमै राम्रो छ ।’ एक दशकपछि चलचित्र हेर्न हल पुगेका नेता पौडेलले थपे, ‘एक रमाइलो अनुभव सङ्गाल्ने मौका पाएँ ।’ व्यस्त समयको वावजुद पनि चलचित्र हेर्न आएका पौडेलले अनुरागको खुलेर नै प्रशंसा गरे ।

नायिका रेखा थापा चलचित्र अनुराग हेर्न हलमा पुगेकी थिइन् । नायिक थापाले भनिन् “एलिजा गौतम नयाँ कलाकारजस्तो नै लागेन । चलचित्र एकदमै राम्रो बनेको छ । यदी अर्कोचोटी ऋषि दाइले अर्को चलचित्र बनाउनु भयो भने सुपरहिट हुन्छ ।”

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्