कांग्रेसकै कारण नेपाली जनता हिंड्न-बाेल्न स्वतन्त्र छन् : डा. महत

Dr Ramsharan Mahat
लाेकपाटी न्यूज
0 Shares

राजविराज, १९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले उद्योगधन्दा स्थापना, गाउँगाउँमा स्वास्थ्य, शिक्षा, बिजुलीको व्यवस्था, खानेपानी एवं स्वतन्त्ररुपमा हिँड्न र बोल्नका लागि ठूलो योगदान दिएको बताएका छन् ।

नेपाल प्रेस युनियन सप्तरीले बिहीबार छैटौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । नेता डा. महतले प्रेस स्वतन्त्रता भए मात्र देशको विकास हुनेसमेत बताए ।

उनले पत्रकारिताको महत्व भनेको प्रेस स्वतन्त्रता हो भन्दै प्रेस स्वतन्त्रता भएमा देशमा भोकमरी नहुने बताए । प्रेसलाई कम्युनिस्ट सरकारले दबाउन खोजेको आरोप लगाउँदै बहुदलीय व्यवस्था ल्याउनका लागि राजनीतिक गरेका नेपाली कांग्रेसले अहिले पनि जनताको हकहितमा स्वतन्त्रता खोजिरहेको पूर्वअर्थमन्त्री डा. महतले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्