आन्दोलनमा आउनुपर्छ भन्दै सावित्री सुवेदीले अपमान गरीन् : निर्मलाका पिता

Sabitri subedi
लाेकपाटी न्यूज
0 Shares

कञ्चनपुर, १९ असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तका बाबु यज्ञराज पन्तले पेटिकोट आन्दोलनकी अभियन्ता सावित्री सुवेदीले आन्दोलनमा आउँनुपर्छ भन्दै आफ्नो घरमै आएर अपमान गरेको बताएका छन् ।

मंगलबार हेलन श्रेष्ठ नेतृत्वको दवावमुलक संघर्ष समितिका पदाधिकारी सहित घरमै आएकी सुवेदीले साँझ आन्दोलनमा आउनुपर्छ भन्दै दवाव दिएको मृतक निर्मलामा बाबु यज्ञराज पन्तले बताए ।

उनले आफुलाई पटक–पटक यी निर्मलाका बाबु हुन्, यस्ता पनि बाबु हुन्छन् भन्दै घरमै अपमान गरेको गुनासो पोखे । निर्मलाका बाबु भन्दै आफुमाथी यस्तो दुःख लाग्दो व्यवहार गरेको उनको भनाई छ ।

यस बारेमा पत्रकारहरुले निर्मलाका बाबुलाई फोन गरेर बुझ्दा उनले सावित्रीका कति बाबु छन भन्दै प्रश्न गरेका छन् । सन्चो छैन भन्दा भन्दै सावित्रीले आफुमाथी यस्ता अपमान हुने प्रश्न गरेर दुखित बनाएको यज्ञराजले बताए ।

केही अनलाईन र समाजिक सञ्जालमा यो विषय बाहिर आएपछि बिहीबार दवावमुलक संघर्ष समितिले पत्रकार सम्मेलन मार्फत सावित्रीले यज्ञराजलाई दवाव नदिएको जनाएको छ ।

दवावमुलक संघर्ष समितिका पदाधिकारीले मृतक निर्मलाका आमाबाबुलाई कुनै समुह, एनजिओ आईएनजिओ र केही अधिकारकर्मीले उस्काएर आफ्नो समुह बिरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

निर्मलाको न्यायका लागि आफुहरु शव फेला परेकै दिनदेखि संघर्षमा उत्रेको बताउदै उनीहरुले अहिले आएर केही अधिकारकर्मीले डलरको खेती गरिरहेको उनीहरुको दावि छ ।

सावित्री सुवेदीले आफु कञ्चनपुर आउँदा यस्तो आरोप लाग्दा सोज्दै नसोचेको बताए । यज्ञराजसंग छलफल मात्रै गरेको उनको दावि छ । ‘म निर्मला बहिनीको न्यायका लागि यहाँ आएको हुँ, ‘उनले भनिन्, ‘म यहाँ आएपछि केही न केही गर्नुपर्छ ।’

आन्दोलनलाई निष्कर्षमा पु¥याउने र अब उपरान्त यस्ता बलात्कार जस्ता जघन्य घटना रोक्नका लागि दवाव दिन देशैभरी अभियान चलाएको उनको भनाई छ । दवावमुलक संघर्ष समितिका सदस्य लक्ष्मी थापाले आफुहरु निर्मलाको न्यायका लागि आन्दोलनमा होमिएको बताए ।

‘निर्मलाका आमाबाबु राजधानी गएका बेला सल्लाह गरेर गएको भए राम्रो हुन्थ्यो, ‘उनले भनिन्, ‘लौ गईहाले त्यसमा पनि केही छैन्, हामीहरुमाथि किन आरोप लाग्यो ।’

दवावमुलक संघर्ष समितिका अर्का सदस्य रामेश्वरी रावलले निर्मलाका आमाबाबुलाई काठमाडौँ लगेपछि आफ्नो समुहप्रति परिर्वतन भएको बताए । ‘पहिले त आमाबाबु हामीसंगै थिए, ‘उनले भनिन्, ‘अहिले काठमाडौँ गएपछि कुनै अधिकारकर्मी भन्नेले आफ्ना बिरुद्ध उस्काएका छन् ।’

शुरुवातदेखि आफुहरुले न्यायका लागि लडेपनि केही व्यक्तिले अधिकारकर्मीका नाममा फाईदा लिएको उनको भनाई छ ।
दवावमुलक संघर्ष समितिका संयोजक हेलन श्रेष्ठले सावित्री लगायत कुनैपनि महिलाले अभिभावकलाई आन्दोलनमा आउन दवा नदिएकोबताए । आफुहरुले निर्मला कञ्चनपुरकी छोरी भएका कारण न्यायका लागि आन्दोलनमा होमिएको बताउदै यस्ता अनर्गल समुहले आरोप लगाएको उनको भनाई छ ।

‘कहिकतै पनि नडगमगाई हामी आन्दोलनमा होमिन्छौँ, ‘उनले भनिन्, ‘हाम्रो न्यायिक आन्दोलन भाँड्न विपक्षीले यो सबै षड्यन्त्र गरिरहेका छन्, हामी सचेत छौँ ।’ दवावमुलक संषर्ष समिति कुनै न कुनै एनजिओकर्मी छन्, न अधिकारकर्मी नै हामी सबै आमा समुह मिलेर न्यायपुर्ण आन्दोलनमा होमिएको उनको भनाई छ । अहिले निर्मलाको न्यायका लागि भन्दै होमिएका समुहहरु बीच नै विभिन्न खाले डलर ल्याएको आरोप प्रत्यारोप चलिरहेको छ ।

विभिन्न समूहमा आन्दोलन हुँदा पीडितले न्याय भन्दा पनि दोषिले उन्मुक्ति पाउने चिन्ता समेत बढेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्