फरार सिइओ ज्ञवाली पक्राउ

CEO Kamal Gyali
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १९ असोज । तत्कालिन किष्ट बैङ्कका सिइओ कमल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ । बैङ्किङ कसुर अन्तर्गत अदालतले उनलाई साँढे चार करोड रुपैयाँ र ४ बर्ष जेल सजायको फैसला सुनाएको थियो । ज्ञवाली फरार रहेका थिए ।

उनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले कन्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले ज्ञवाली पक्राउ परेको बताए ।

उनलाई पाटन उच्च अदालतको फैसलाले साँढे चार करोड जरिवाना र ४ बर्ष कैद सजायको फैसला गरेको थियो । तत्कालिन किष्ट बैङ्कका सिइओ रहेको बेला आर्थिक अपचलन गरेको अभियोगमा राष्ट्रबैंकले बैङ्किङ कसुर अन्तर्गत उनी विरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्