डेनिस मुकवेजे र इराककी नाडिया मुरादलाई नोबेल शान्ति पुरस्कार

Nobel Peace Prize 2018
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं १९ असोज । यस वर्षको नोबेल शान्ति पुरस्कारले कंगोका फिजिसियन डेनिस मुकवेजे र इराककी नाडिया मुरादलाई सम्मान गरिएको छ ।

शुक्रबार ‘द नरवेजियन नोबेल कमिटी’ ले युद्ध र उदेश्य मूलक द्वन्द्वमा यौनजन्य हिंसा अन्त्यको लागि प्रयास गर्ने दुई व्यक्तिलाई नोवेल शान्ति पुरस्कारले सम्मान गरेको हो ।
Denis Mukkwejeबिजेता ३ सय ३१ व्यक्तिहरुमध्येबाट छनौट भएका हुन्, जसमा २ सय १६ व्यक्ति थिए भने १ सय १५ संस्थाहरु थिए । यो मनोनयनमा परेका व्यक्तिहरुको दोस्रो ठूलो संख्या हो ।

यो भन्दा अगाडि सन् २०१६ मा ३ सय ७६ जना शान्ति पुरस्कारको लागि छनौट भएका थिए ।
Nadiya Muradनोबल शान्ति पुरस्कारको लागि दुई नाम घोषणा भएसँगै यो पुरस्कारबाट सम्मानित हुनेको संख्या १०० पुगेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्