‘ठूला नदी र हिमनदीबाट ठूला आयोजना सञ्चालन गर्छौं’ : मन्त्री बीना मगर

bina magarrrr
लाेकपाटी न्यूज
0 Shares

चितवन २० असोज । खानेपानी मन्त्री बिना मगरले केही ठूला नदीहरुको पानी पूर्ण प्रशोधन गरी आपूर्ति गर्ने उद्देश्यले गौरवका आयोजनाहरु सञ्चालन गर्ने तयारी भइरहेको बताएकी छन् ।

पूर्वी चितवनको रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको नवौँ साधारणसभा तथा पाँचौँ अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले हरेक जनता माझ खानेपानीको पहुँच पुर्याउन त्यसै खेर गइरहेका केही ठूला नदीहरुबाट खानेपानी आयोजना सुरू गर्न लागेको जानकारी दिइन् ।

उनले भनिन्, ‘कर्णाली, महाकाली, भेरी, बबई र नारायणी जस्ता ठूला नदीको पानी पूर्ण प्रशोधन गरी आपूर्ति गर्ने योजनामा जुटेका छौं, त्यसका लागि मन्त्रालयले विदेशी दातृ निकाय तथा कम्पनीसँग लगानीका लागि कुरा अगाडि बढाइरहेको छ । हामी डिपीआरलाई अन्तिम रुप दिने तयारीमा छौं ।’

कार्यक्रममा उनले हिमालबाट बग्ने हिमनदीको पानी प्रशोधन गरी विदेश निर्यात गर्ने योजना पनि सँगै अगाडि बढाएको जानकारी दिइन् । उनले खानेपानीको आयोजनासँगै प्रारम्भिक प्रशोधन गरी ढल निकास गर्नुपर्ने व्यवस्थालाई समेत नीतिगत ढंगले अगाडि बढाउन लागिएको बताइन् ।

उनले देशभर रहेका खानेपानी उपभोक्ता संस्थाका गतिविधि तथा कामकार्बाही एउटै नेटवर्किङभित्र राखेर अध्ययन गरिने बताइन् । सह–लगानीका आयोजनाहरू प्रभावकारी ढंगले अगाडि बढाउन मन्त्रालय लागिपरेको उनको भनाइ छ ।

मन्त्री मगरले तत्कालै खानेपानीको जटिल समस्या भएका गाउँहरुबाट योजनाहरु छनोट भएको समेत बताइन् । उनले १५ दिनको अवधिमा दुरदराजका गाउँहरुबाट करिब ३ सय ५० योजना संकलन भइसकेको जानकारी दिइन् ।

उनले आधा घन्टादेखि ५ घण्टा सम्मको बाटो हिँडेर पानी लिन जाने बाध्यता हटाउनका निम्ति ३५० योजना संकलन गरेको र तत्कालै ती योजनाहरुमा काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्