हैटीमा भूकम्प

Earthquake
लाेकपाटी न्यूज
0 Shares

मेक्सिको सिटी, २१ असोज । हैटीमा शनिबार राति गएको ५.९ म्याग्नीच्यूडको भूकम्पका कारण १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

एकजना सरकारी प्रवक्ताले भूकम्प आएलगत्तै आपतकालीन उद्धार टोली खटाइएको जानकारी दिएका छन् । स्थानीय समयअनुसार राति ८ बजेर १० मिनेट जाँदा भूकम्प गएको थियो ।

अमेरिकी भूगर्भ सर्भेका अनुसार पोर्ट–डि–पाइक्स सहरबाट २० किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १२ किलोमिटरको गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको थियो ।

भूकम्पबाट घरहरु, चर्च र एउटा अस्पतालमा क्षति पुगेको छ । भूकम्पबाट धेरै मानिस घाइते भएको बताइएको छ । भूकम्पबाट धक्का राजधानी पोर्ट–ओ–प्रिन्स तथा छिमेकी राष्ट्र डोमिनिकन रिपब्लिकसम्म अनुभव गरिएको थियो । हैटीमा यसअघि सन् २०१० मा गएको ७ रेक्टर स्केलको बिनासकारी भूकम्पमा परी करिब तीन लाख मानिसको मृत्यु भएको थियो ।

यसैबीच, जापानको नागानोमा आइतबार ५।१ म्याग्नीच्यूडको भूकम्प गएको जापानको भूकम्प मापन केन्द्रले जनाएको छ । स्थानीय समय अनुसार उक्त भूकम्प आइतबार बिहान १० बजेर १४ मिनेटमा गएको थियो । भूकम्पबाट धनजनको कुनै ठूलो क्षति नभएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्