कालिकोटमा बस दुर्घटना

लाेकपाटी न्यूज
0 Shares

कालिकोट, २१ असोज । कालिकोटको नाग्मबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस ब्रेकफेल भएर कर्णाली राजमार्गअन्तर्गतको तिलागुफा नगरपालिका ५ को राँचुलीमा दुर्घटना हुँदा चालकसहित ७ जना गम्भीर घाइते भएका छन् ।

आइतबार बिहान कालिकोटको नाग्मबाट सुर्खेतका लागि छुटेको ना४ख ५७९१ नम्बरको बस दुर्घटना भएको हो। बसमा ३० जना यात्रु सवार रहेको र ७ जना घाइतेलाई जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार लागि लगिएको सामान्य घाइतेलाई स्थानीय मेडिकलमा उपचारपश्चात घर गएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी निरज चौलागाईंले बताए। ‘जुम्लामा उपचार गराईरहेका घाइतेमध्ये चालकसहित तीनजना गम्भीर घाइते छन् ।’ उनले भने, “अन्य खतरामुक्त रहेको जानकारी आएको छ ।”

दशैँको बेला यात्रुले भरिभराउ भएको बस ठूलो दुर्घटनाबाट जोगिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी चौलागाईंले बताए । ‘बसको ब्रेकफेल भएर दुर्घटना भएको हो । भित्तामा ठोकिएको छ ।’ उनले भने,“डिलतिर गएको भए ठूलो दुर्घटना हुने थियो ।”

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्