चेम्बरको रक्तदानमा पचास युनिट रगत सङ्कलन

blood donation
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ असोज । महिला चेम्बर अफ कमर्सले शनिबार काठमाडौँको बसन्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । महिला चेम्बर अन्तर्गतको ब्यापार र स्वास्थ्य समितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

विशेषगरि चाडपर्वको बेला मानिसहरुको आवातजावात अत्यधिक हुने र कतिपय अवस्थामा दुर्घटना हुन सक्ने हुँदा त्यस्तो अवस्थामा रगतको अत्यन्तै जरुरी पर्न सक्ने कुरालाई ध्यानमा राखेर उक्त कार्यक्रम आयोजना गरिएको हो ।

करीब ५० जनाले रक्तदान गरेको उक्त कार्यक्रम नेपाल चेम्बर अफ कमर्स, साल्ट ट्रेडिंग लिमिटेड, भक्तपुर क्यान्सर अस्पताल, बोबी मेडिसिन सप्लायर्स, एभियोन्ट सोलुसन र स्क्रीन प्रिन्टको सहयोग र सहकार्यमा सम्पन्न भएको हो ।

करीब १०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता नेपाल महिला चेम्बर ब्यापार समितिका अध्यक्ष लिमा अधिकारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्