नेकपाको सचिवालय बैठक सुरु, यी विषयमा हुँदैछ छलफल

Nekapa Team
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २२ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष ओली र प्रचण्डको व्यस्तताले गर्दा स्थिगीत बैठक आज बिहान ८ बजेदेखि सुरु भएको हो ।

बैठकले पार्टी एकीकरणका बाँकी रहेका कार्यभार तथा सरकारका विषयमा छलफल गर्ने एजेण्डा रहेको बताइएको छ ।

पार्टी एकीकरण र सरकारका विषयमा पूर्व एमाले समूहमा ठूलो विवाद र आरोप प्रत्यारोपको बाढी चलेको देखिन्छ । आजको बैठकमा पार्टीभित्रको विवादलाई कसरी समाधान गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ ।

साथै, पार्टीको जिल्ला तथा प्रदेश र जनसङ्गठनको एकतालाई पनि टुंग्याउनका लागि बैठकमा छलफल हुने केही दिनअघि शिर्ष नेताहरुले बताएका थिए ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्