इरानमा सात जनाको मृत्यु

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २२ असोज । इरानको उत्तरी र उत्तरपश्चिमी क्षेत्रमा विगत दुई दिनदेखि भारी वर्षा हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ ।

समाचार संस्था इस्नाले यसको जानकारी दिएको छ । तीन राज्य माजानदारान, गिलान र गोलेस्तानमा भएको भारी वर्षापछि आएको बाढीका कारण सडक, पुल र अन्य संरचनाहरू भत्किएका छन् ।

बाढीको पानीमा कारहरू फसेका छन् र ग्रामीण क्षेत्रमा बिजुली र ग्यासको आपूर्ति प्रभावित भएको छ ।

शुक्रवारदेखि पानी पर्न थालेको हो । विगत २० वर्षमा यो सबभन्दा भारी वर्षा हो ।

घरमा पानी जमेर मानिसको बिजोग भएपछि राहत तथा उद्धारकर्मीहरूलाई पम्प अपरेटरहरूका साथ प्रभावित क्षेत्रमा पठाइएको छ ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्